२ माघ २०८१, बुधबार

रवि लामिछानेलाई आज फेरि न्यायीक हिरासतमा राखिने

काठमाडौं :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृह मन्त्री रवि लामिछानेलाई आज न्यायीक हिरासतमा पठाईएको छ ।

स्वर्णलक्ष्मी सहकारी घोटालाका प्रतिवादी उनलाई काठमाडौँ जिल्ला अदालतले न्यायिक हिरासतमा पठाउने आदेश दिएको हो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासको आदेश बमोजिम लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याईयकाे थियाे ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा जिल्ला अदालत कास्कीले बिहीबार ६५ लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछानेको ८४ दिन लामो हिरासत बसाई अन्त्य भएको थियो । आज बयानका लागि आफैँ जिल्ला अदालतमा उपस्थित भएका उनको थुनछेक बहस नसकिएकाले प्रहरीको जिम्मा लगाइएको हो ।

उनलाई भर्खरै काठमाडौं जिल्ला अदालतबाट प्रहरीले लगेको छ । उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले स्रोतले जानकारी दिएको छ ।