२ माघ २०८१, बुधबार

एस्काभेटरको ठक्करबाट काठमाडौंमा बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंमा एस्काभेटरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भएको छ। शुक्रबार दिउँसो नागार्जुन नगरपालिका-६ ह्वाइट गुम्बा नजिकै एस्काभेटरको ठक्करबाट बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।   बा.२ क ६०८८ नम्बरको एस्काभेटरको ठक्करबाट सोही नगरपालिका-६ बस्ने पंचकुमारी तामाङकी छोरी ११ वर्षीया अनुसाको मृत्यु भएको हो।   ठक्करबाट गम्भीर घाइते भएकी उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लगिएको थियो। त्यहीँ बालिकाको मृत्यु भएको हो।