२० पुष २०८१, शनिबार

जाजरकोटका बिभिन्न विद्यालयहरुकाे अवलोकन तथा निरीक्षण गर्न, गाउँ फर्के अर्थ मन्त्री -शाह

जाजरकोट :कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीब विक्रम शाह, जिल्लाका विभिन्न बिद्यालयहरुकाे स्थलगत अवलोकन गर्दै गाउँ फर्केका छन्।आफ्नाे  निर्वाचन क्षेत्र जाजरकोट`ख´अन्तर्गत पर्ने शिवालय गाउँपालिकाका विभिन्न विद्यालयको स्थलगत अनुगमन गरेका हुन ।

मन्त्री शाहले शिवालय गाउँपालिका वडा नं ३ मा अवस्थित सरस्वती माध्यामिक विद्यालय र इन्द्र धनुष प्राथमिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तर पठनपाठनकाे अवस्था र वडा नं ७ को वीरेन्द्र माध्यामिक विद्यालय र वडा नं ८ को नेपाल राष्ट्रिय आधारभुत विद्यालयको पनि अवलोकन गरेका थिय।
विद्यालय निरीक्षणका क्रममा मन्त्री शाहले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको पठनपाठन सम्बन्धी समस्याबारे जानकारी लिएका थिय । साथै शिक्षकहरूसँग पनि अन्तरक्रिया गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि आवश्यक सहयोगको प्रतिबद्धता पनि मन्त्री शाहले गरे।

यसैबीच, मन्त्री शाहले शिवालय गाउँपालिका वडा नं ७ मा आयोजित ‘सफा तथा स्वच्छ क्षेत्र वडा घोषणा’ कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित भई गाउँपालिकाबासीलाई सम्बोधन समेत गरेका थिए ।

मन्त्री शाहले सफा र स्वच्छ वातावरण निर्माणका लागि सबैको सक्रिय सहभागिता आवश्यक रहेको र बिगतका दिनहरुमा आफुले जाजरकोटका लागि मात्रै नभयर सिंङ्गाे कर्णाली प्रदेशकाे बिकाश निर्माण र समाजिक सेवाका रुपमा अतुलनीय याेगदान गरेकाे र आगामी दिनहरुमा पनि जाजरकोट लगायत कर्णाली प्रदेशका सबै जिल्लाहरुमा सेवा गर्ने प्रतिबद्धता समेत गरे।