७ पुष २०८१, आईतवार

बहुमत निकट अखिल क्रान्तिकारीकाे अध्यक्षमा- बिरेन्द्र शाह चयन

पाेखरा कास्की :धर्मेन्द्र बास्तोला कन्चन नेतृत्वको नेकपा बहुमत निकट क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन सम्पन्न भयकाे छ ।  अध्यक्षमा विरेन्द्र शाह सर्वसहम चयन भयका छन। कास्कीको पोखरामा आइतवार सम्पन्न सम्मेलनले बिरेन्द्र शाहको नेतृत्वमा १० जनाको पदाधिकारी सहित ७५ सदस्य केन्द्रीय समिती चयन गरेको छ ।

जसमा उपाध्यक्षमा रुपा बुढा मगर, डिबि बुढाथोकी, महासचिवमा उषाकिरण आजाद, सचिबमा डिबि शाही, रमेश सुनार, गोबिन्द बिष्ट, प्रेम प्रशान्त बोहोरा, हरि बिष्ट र कोषाध्यक्षमा कमला परियार निर्वाचित भएका छन् ।

संगठनका २३ औं राष्ट्रिय सम्मेलन आयोजक समिती संयोजक मिलन राईको अध्यक्षतामा भएको उक्त सम्मेलनको प्रमुख अथिती नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रहेका थिए ।

त्यस्तै संगठनका पुर्ब अध्यक्ष एवम् फ्याक्सन इन्चार्ज सरद रसाइली, पुर्ब महासचिव दिपेन्द्र चलाउने, नेकपा (बहुमत) का गण्डक इन्चार्ज अनन्त, कास्की इन्चार्ज सुजन आयाम लगायतका अथितिहरुको उपस्थिति रहेको थियो । संगठनका आगामी काम र राष्ट्रिय सम्मेलन का बिषयलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने नव निर्वाचित अध्यक्ष शाहले बताय ।