काठमाडौं। काठमाडौंको न्यूनतम तापक्रम उकालो लाग्न थालेको छ।
शनिबार यो वर्षकै कम तापक्रम हुँदा काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन भएको थियो।
त्यसको तुलनामा आइतबार र सोमबार काठमाडौंसहित अन्य भूभागको न्यूनतम तापक्रम केही उकालो लागेको मौसमविद् विनु महर्जनले जानकारी दिइन्।
सोमबार बिहान पौने ६ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस रहको महर्जनले जानकारी दिइन्।
यसअघि आइतबार काठमाडौंको न्यूनतम तापक्रम चार डिग्री सेल्सियभन्दा माथि थियो।
शनिबारको तुलनामा आइतबार र सोमबार केही कम चिसो महशुस गरिएको छ।
काठमाडौंमा सोमबार अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान रहेको मौसमविद महर्जनले जानकारी दिइन्।
जुम्लामा पनि शनिबार माइनस ७ डिग्री सेल्सियस थियो। सोमबार माइनस ४.४ डिग्री सेल्सियस मापन भएको छ ।
आज देशभरको मौसम सफा हुने पनि महाशाको पूर्वानूमान छ। तत्काल वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
आज राति र भोलि दिउँसो बदली बढ्ने सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी भूभाग र हिमाली भूभागतिर हल्का हिमपातको सम्भाव रहेको मौसमविद् महर्जनले जानकारी दिइन्।