७ पुष २०८१, आईतवार

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले बिहीबार लामिछानेलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले सेतोपाटीलाई जानकारी दिए।

लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा कास्की हिरासतमा छन्।

उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।