काठमाडौं । घरेलु काममा लगाइदिने प्रलोभनमा पारी कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका–६ का २६ वर्षीय धर्म तामाङ र सो ठाउँका माइला लामा पाख्रिन भनिने ३९ वर्षीय टीकाराम तामाङ छन् ।
ती महिलालाई ४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याइएको र त्यसको भोलिपल्ट त्यहाँबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्याइएको थियो ।
कुवेती नागरिकले घरेलु काममा लगाई यौन शोषण गर्ने र यातना समेत दिने गरेको पीडितले प्रहरी समक्ष बताएकी छिन् ।
कुवेती नागरिकको घरबाट भागेर उनी प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । त्यसपछि उनी ४ मंसिर २०८० मा नेपाल फर्केर प्रहरीमा जाहेरी दिएकी थिइन् ।