७ पुष २०८१, आईतवार

काठमाडौं महानगरपालिका—१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका—१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी छिन् ।पहिलो पटक स्थानीय तह निर्वाचनमा भाग लिएको रास्वपाले काठमाडौं महानगरपालिका—१६ मा जित हात पारेको हो ।
यो वडामा प्रतिस्पर्धामा रहेका नेकपा (एमाले) का लक्ष्मीरत्न तुलाधरको २ हजार २ सय २० मत, नेपाली कांग्रेसका देवेन्द्र पाठकको २ हजार २ सय १४ मत, एकीकृत समाजवादीका मीनबहादुर मानन्धरको १ हजार ९२ मत प्राप्त हुँदा विजयी भएकी श्रेष्ठको २ हजार ९ सय २ मत प्राप्त भएको थियो ।
स्थानियतहको निर्वाचन २०७९ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष मुकुन्द रिजालको निधन भए पछि भएको यो उप निर्वाचनमा नेपाली काँग्रेस तेश्रो पार्टी भएको छ । वडामा आफ्नो वचश्व कायम राखेको एमाले दोश्रो स्थानमा रहको छ ।
पहिलो निर्वाचन देखिनै निकै चर्चामा रहेको यो वडा कानुन व्यवसायी तथा समाजसेवीको रुपमा परिचित रोजिना श्रेष्ठको नेतृत्वमा चल्ने भए पछि यस क्षेत्रका नागरिकहरुले निकै चासोका साथ हेरेको देखिन्छ ।