९ पुष २०८१, मंगलवार

महेश पाण्डेले दिए घुम्ने उद्देश्यले मात्रै एक जना युवकलाई जापान पठाएको बयान

काठमाडौं । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी जोडिएको मानव बेचबिखन प्रकरणमा मुख्य बिचौलिया महेश पाण्डेले घुम्ने उद्देश्यले मात्रै एक जना युवकलाई जापान पठाएको बयान दिएका छन् । धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डेले जापानमा आफ्नो साथी दिवाकर बाबु भट्टराईले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको र त्यहाँ आफूले २२ वर्षीय कञ्चन देवकोटालाई पठाएको बयान दिएका छन् । बयानमा उनले भनेका छन्, ‘भट्टराईले जापान जान चाहने मान्छेको नाम मागेको कञ्चन देवकोटाले जापान घुम्न मलाई पठाइदिनु भनेपछि पठाएको हुँ ।’ होटल खर्च र प्लेन टिकटका लागी आवश्यक ५ लाख ५० हजार रकम देवकोटासँग लिएर भट्टराईलाई दिएको पाण्डेले बताएका छन् ।