काठमाडौं । रुकुम पश्चिममा धारिलो हतियार चक्कु प्रहार गरेर छोराले आफ्नै बुबाको हत्या गरेका छन् ।
रुकुम पश्चिम प्रहरीका अनुसार आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्रीले ५० वर्षीय बुबा दर्वे खत्रीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटना गएराति ८ बजेतिरको हो ।
बाबुछोराको सामान्य विवादमा वीरबहादुरले चक्कु प्रहार गरेर बुबाको हत्या गरेको पाठकले रातोपाटीलाई बताए ।
अहिले वीरबहादुर फरार रहेको र उनको खोजी कार्य भइरहेको छ ।
पाठकका अनुसार वीरबहादुर नशाको प्रयोग गर्ने गर्दथे ।