११ श्रावण २०८१, शनिबार

Tag: सर्लाही

सर्लाहीमा प्रहरीको गाेलि लागि एक युवकको मृत्युु

सर्लाहीमा प्रहरीको गाेलि लागि एक युवकको मृत्युु

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौं : सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साह रहेका छन् । उनको झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको आन्दोलनकारीले दाबी गरेका छन् ।तर प्रहरीले यसको पुष्टि भने गरिसकेको छैन । शव आन्दोलनकारीकै नियन्त्रणमा रहेकाले के कारणले मृत्यु भएको हो बुझ्न नसकिएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी श्याम महतोले बताए । प्रहरीले आक्रामक आन्दोलनकारीको भीड नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको उनले बताए । बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको थियो । आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकु...
दाजुका हत्यारालाई कार्बाही गर्न माग गर्दै अनशन वसेका  कुमार पौडेलका भाइ गिरफ्तार

दाजुका हत्यारालाई कार्बाही गर्न माग गर्दै अनशन वसेका कुमार पौडेलका भाइ गिरफ्तार

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौँ : तत्कालिन नेकपा सर्लाहीका इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न भएको व्यक्तिलाई निर्वाचनमा उम्मेद्धार बनाईएकोले उक्त व्यक्तिको उम्मेद्धारी खारेजीको माग गर्दै अनसन वसेका हरिकृष्ण पौडेललाई आज प्रहरीले गिरफ्तार गरेको छ । आउदो मंसिर ४ गते हुन लागेको संसदिय निर्वाचनमा सर्लाहीको क्षेत्र नम्बर ३ बाट पाँच दलिय बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट डिल्ली प्रसाद उप्रेति उम्मेद्वार बनेका छन् । उनै उप्रेतिको उम्मेद्वारी खारेजीको माग गर्दै सहिद कुमार पौडेलका भाई हरिकृष्ण पौडेल सर्लाही ३ नम्बर निर्वाचन क्षेत्रको कार्यालय अगाडि कार्तिक १ गतेदेखी अनसन बसेका थिए । उनलाई आज प्रहरीले बल प्रयोग गरेर गिरफ्तार गरेको जानकारी प्राप्त भएको छ । कुमार पौडेलको परिवारले कुमारको हत्यामा संगल्न भएको अभियोग लागेका व्यक्तिहरु खुलेआम घुमिरहेको भन्दै कानुनी कार्वाहीको माग गर्दै आईरहेको सन्दर्भमा तिनै व्यक्तिहरु निर्...
सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा भव्यतापूर्वक सम्पन्न

सर्लाहीमा संसदीय चुनाव अवज्ञा/बहिष्कारसभा भव्यतापूर्वक सम्पन्न

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
हरिवन : नेकपा (बहुमत) का संयोजक कञ्चनले संसदीय प्रणालीको चुनावमा भाग लिएर जित्नु भनेको देश लुट्ने लाइसेन्स प्राप्त गर्नु रहेको बताएका छन् । सर्लाहीको हरिवनमा आइतबार चार वामपन्थी दलद्वारा आयोजित अवज्ञा/बहिष्कार सभामा सम्बोधन गर्दै संयोजक कञ्चनले भने, ‘संसदीय चुनावमा हरेक नेपाली नागरिक र सुकुमबासी जनताले धेरैपटक भोट हाले । नेताहरू पटकपटक जितेर गए तर ६० लाख सुकुमबासी तथा नेपाली नागरिकको व्यवस्थापन गर्नुको साटो मिटरब्याजी, भ्रष्ट जनप्रतिनिधि, माफियाहरूको योजनामा कुमार पौडेललगायत गरिबको अवाज उठाउने धेरैको हत्या गरियो । त्यसैले जितेर गएकाहरूले नै लाखौँ सुकुमबासीको पेटमा लात हानेर कुमारहरूको हत्या गरेका हुन् । मानवअधिकार आयोगले समेत अपराधी घोषणा गरिसकेकाहरूलाई नेपालका कानुन र प्रहरीले किन देखेनन् ? हत्यारा र अपराधीहरूलाई कारबाही गर्नुको साटो उल्टै हाम्रो पार्टीका धेरै नेता–कार्यकर्ताहरूलाई ती...