११ श्रावण २०८१, शनिबार

Tag: जिल्ला प्रशासन कार्यलय

जिल्ला प्रशासन कार्यलय जाजरकोटले वृहत् सार्वजनिक सुनुवाइ  कार्यक्रम गर्ने

जिल्ला प्रशासन कार्यलय जाजरकोटले वृहत् सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट ।जिल्ला प्रशासन कार्यालय जाजरकोटको आयोजनामा वृहत सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । असोज १७ गते भेरी नगरपालिका ४ गैरीखालीमा वृहत सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको हो । प्रशासन कार्यालयमा २०८० भाद्र ८ गते बसेको बैठकले जिल्ला स्थित सबै सरकारी तथा सार्वजनिक निकाय र भेरी नगरपालिका समेत उपस्थित हुने गरी सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने निर्णय भएको थियो । प्रशासनको अगुवाईमा पहिलो पटक जिल्लामा सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएको छ । जिल्लास्थित सबै सरकारी कार्यालयहरु समेत सहभागी हुने जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । प्रशासनले गरेका सार्वजनिक सेवा प्रवाहका विषय प्रस्तुत गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । सुनार प्रमुख जिल्ला अधिकारी भई जिल्लामा आए यता धेरै सुधारका काम गरेका छन् । विशेष गरी सुशासन र सार्वजनिक सेवा प्रवाहको सवाल...
पर्सा प्रशासन का कर्मचारी ५ हजार घुस सहित पक्राउ ।

पर्सा प्रशासन का कर्मचारी ५ हजार घुस सहित पक्राउ ।

Breaking News, राष्ट्रिय, समाचार, सुचना संचार
काठमाडौं : जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव घुस रकमसहित रंगेहात पक्राउ परेका छन्। मुद्दा फाँटमा कार्यरत यादवले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग ५ हजार रूपैयाँ घुस रकम लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ परेका हुन्। घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।...