११ श्रावण २०८१, शनिबार

पर्सा प्रशासन का कर्मचारी ५ हजार घुस सहित पक्राउ ।

काठमाडौं : जिल्ला प्रशासन कार्यालय पर्साका कम्प्युटर अपरेटर सञ्जयप्रसाद यादव घुस रकमसहित रंगेहात पक्राउ परेका छन्।

मुद्दा फाँटमा कार्यरत यादवले रोक्का रहेको जग्गा फुकुवा गर्न सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग ५ हजार रूपैयाँ घुस रकम लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ परेका हुन्।

घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।