१९ कार्तिक २०८२, बुधबार

Tag: नेपाल आयल निगम

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौं :नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । शुक्रबार निगम सञ्चालक समितिको बैठकको निर्णयअनुसार डिजेल र मट्टितेलमा एक एक रुपियाँ घटाइएको छ । पेट्रोलको मूल्य यथावत राखिएको छ। आज राति १ बजेदेखि लागू हुनेगरी निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर सातले बढाइएको जानकारी दिएको छ। निगमनले यसपाली इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ०.०३ र हवाई इन्धनमा प्रतिलिटर ०.८६ ले बढेर तथा प्रतिलिटर डिजेलमा १.१९ ले घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ ।...
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्याे

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इन्डियन आय कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार शनिबार(आज) बसेको निगम सञ्चालक समितिको बैठकले आइतबार बिहान १ बजेदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो । मूल्य घटेपछि काठमाडौँ, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ ।त्यस्तै डिजेल र मट्टितेलमा काठमाडौँ, पोखरा र दिपायल वरपर प्रतिलिटर १५२, सुर्खेत र दाङ वरपर १५१ र चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगन्ज वरपर १४९ रुपैयाँ कायम भएको छ ।...
नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ

नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ

Breaking News, अर्थवाणिज्य, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं :नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार दिउसो १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल/मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँले घटाएको हो । भाउ घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० रुपैयाँ र डिजेलको मूल्य एक ६० रुपैयाँ कायम भएको छ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रुपैयाँ र डिजेलको मूल्य एक ५७ रुपैयाँमा कायम भएको छ । यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६९ रुपैयाँ र डिजेलको मूल्य एक सय ५९ रुपैयाँ कायम भएको छ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । अहिले ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार आठ सय ९५ ...