११ श्रावण २०८१, शनिबार

Tag: प्रध्यापक पीताम्बर शर्मा

नेपाली समाजका ७ अन्तरविराेध : प्रध्यापक -पीताम्बर शर्मा

नेपाली समाजका ७ अन्तरविराेध : प्रध्यापक -पीताम्बर शर्मा

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
लेखक : प्रध्यापक- पीताम्बर शर्मा वामपन्थ भनेको के हो? यो एक प्रकारले गहकिलो प्रश्न हो, एक प्रकारले साह्रै सहज प्रश्न हो। सहज यस निम्ति कि कुनै पनि समाजमा रेडिकल रुपान्तरण गर्न चाहने समूहलाई वामपन्थी भन्ने चलन छ। त्यो रेडिकल रुपान्तरणका अवधारणा विभिन्न हुन सक्छन्। नेपालको सन्दर्भमा वामपन्थ भन्नाले खास–खास सोचहरु समाहित भएको हुनुपर्छ भन्ने लाग्छ। पहिलो– द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादको विश्लेषण पद्दतिमाथि विश्वास राख्ने समूहलाई वामपन्थी भनिन्छ। समाजमा द्वन्द्व हुन्छ, द्वन्द्वको कारण छ र त्यो ऐतिहासिक समय क्रममा परिवर्तित हुँदै जान्छ। यो विश्लेषण प्रणालीमा विश्वास राख्ने र यसअनुसार समाज, अर्थतन्त्र र राजनीतिलाई व्याख्या गर्नुपर्छ भन्ने सोच वामपन्थको पहिलो विशेषता हो। दोस्रो– लोक कल्याणकारी राज्य र सामाजिक न्यायमा आधारित अग्रगामी सामाजिक–आर्थिक रुपान्तरणका पक्षपाती। लोक कल्याणकारी रा...