११ श्रावण २०८१, शनिबार

Tag: बराबरि

बिश्वकप : अर्जेन्टिना  र फ्रान्स बराबरीमा

बिश्वकप : अर्जेन्टिना र फ्रान्स बराबरीमा

अन्तर्राष्ट्रिय, खेल, मनाेरन्जन, समाचार
फिफा विश्वकप २०२२ अन्तर्गतको फाइनल खेलमा फ्रान्स र  अर्जेन्टिना दुई गोल गरि वराबरमा पुगेका छन । खेलको पहिलो हाफ सकिँदा अर्जेन्टिनाले फ्रान्सविरुद्ध २–० ले अग्रता लिएको थियो। खेलकोे २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै खेलको ३६ औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता लियकाे थियाे । लियोनल मेस्सी र अल्भारेजले मिलाइदिएको पासमा म्याक एलिस्टको क्रसमा डि मारियाले बललाई उत्कृष्ट फिनिसिङ दिएका हुन्। खेलको ८० औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्सका केलियान एम्बाप्पेले  गोल गरेका थिए। त्यसको एक मिनेटभित्रै एम्बाप्पेले नै अर्को गोल गर्दै खेल बराबरीमा ल्याएका हुन्। यससँगै खेल २–२ को अवस्थामा आइपुगेको छ।...