२३ भाद्र २०८१, आईतवार

आरसिपि पाल्पाले गर्याे चार “स”अभियानको उद्घाटन

बुटवल :क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाल्पा जिल्ला संगठन समितिले चार ‘स’ अभियानकाे उद्धघाटन गरेको छ ।बिहीबार एक कार्यक्रमकाबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सचिवालय सदस्य तिलक पुनले कम्युनिस्ट झण्डालाई जिल्ला संयोजक दिग्दर्शनलाई हस्तान्तरण गरेर अभियान उद्धघाटन गरे ।

चार अभियानले सम्पर्क, सम्बन्ध, संगठन र संघर्षलाई जोड दिने अभियानका कमान्डर जिल्ला संयोजक दिग्दर्शनले बताय ।

अभियान उद्धघाटनमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य रिम, केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला संगठन समितिका इन्चार्ज ज्वाला, क्रान्तिकारी युवा संगठन नेपाल रुपन्देही जिल्ला संगठनका संयोजक ओमकुमार लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

अभियान उद्धघाटन कार्यक्रमको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समितिका संयोजक दिग्दर्शनले गरेका थिय भने संचालन पार्टी जिल्ला कार्यलय सचिव हेमन्तले गरेका थिय।