काठमाडौं । युवा व्यवसायी तथा समाजसेवी ज्ञानेन्द्र गौतमले यो सरकारबाट के आशा गर्ने भनेर प्रश्न गरेका छन् ।
आज बिहानै गठ्ठाघरमा रहेको नागरिक अस्पतालमा एक जना बिरामीलाई फ्रस रगत आवश्यकता परेको खबर उनको कानमा परेपछि गौतम आफ्नो सम्पुर्ण कामहरु थाती राखेर अस्पताल जान भनेर थापाथली घरबाट निस्किएका थिए,बाटोमा जाँदा जाँदै कोटेश्वर क्रस भएपछि उनको मोटरसाईकलमा पेट्रोल सकियो मोटरसाईकल डोर्याएर उनि नजिकैको पेट्रोल पम्पसम्म पुग्दा त्यहाँ जुन घटना घट्यो त्यसले उनलाई यो सरकार प्रतिको आशा मर्ने बनाएको रहेछ ।
मोटर साईकल डोर्याएर पेट्रोल पम्प सम्म पुगेका गौतमले पेट्रोल भर्ने ठाउँमा जब बत्ति छैन भनेर लेखेको देखे उनले त्यहाँको कर्मचारीलाई पेट्रोलपम्पमा पनि किन बत्ति छैन भनेर प्रश्न गर्दा त्यो प्रश्न विद्युत प्राधिकरणलाई सोध्नु भन्ने जवाफ आयो त्यस पछि त उनि झन अचम्मित भए ।
अत्यावस्यक सेवा क्षेत्रको रुपमा रहेको पम्पहरु संचालन सम्बन्धि राज्यको नीति त फितलो छनै पम्पका कर्मचारी समेत उपभोक्ता प्रति चिन्तित नदेखिदा उनलाई झन पिडा हुन्छ ।
उता अस्पताल बाट बिरामीको आफन्तले तारान्तार फोन गरिरहेको थिए यता अस्पतालमा छट्पटाईरहेका बिरामी बचाउन हिडेका गौतम बाटैमा अलपत्र पर्ने अवस्थामा पुगेपछि उनले आफ्नो मोटरसाईकललाई त्यतै साईड लगाएर अर्को साधन व्यवस्था गरेर तत्कालै अस्पताल पुग्छन् ।
अस्पताल पुगेर बिरामीलाई रगत दिएर मोटरसाईकल भएको ठाउँ सम्म आई पुग्दा गौतमलाई यो राज्य सत्ता सन्चालक देखि निकै रिस उठ्छ र उनले सामाजिक सन्जाल फेसबुकमा आफ्नो आक्रोश व्यक्त गर्दै यस्तो लेख्छन् ।
उनले फेसबुकमा लेखेको स्टाटस जस्ताको तेस्तै
आज बिहान म थापाथली स्थित आफु बसेको ठाँउ बाट निस्किएँ त्यतिबेला बिहान को करिब ८ः३० बजेको थियो । भक्तपुर स्थित नागरिक अस्पताल मा एक जना सिकिस्त बिरामी भेट्नु थियो । उहाँ लाइ फ्रेश रगत चाइएको रहेछ बारम्बार उहाँ को आफन्त को मलाइ फोन आइरहेको थियो । म सिधै बानेश्वर तिर हुइकिएँ अपसोच जडिबुटी पुगेपछि मेरो बाइक मा पेट्रोल सकियो बाइक डोराउदै पेट्रोल पम्प सम्म पुगे तर बिड्म्बना बत्ति रहेनछ मलाइ धेरै दुख लागो अनि पम्प मा काम गर्ने भाइ लाइ सोधे के भाको भाइ किन बत्ती रहिन्छ भन्दा उनको जबाफ थियो दाइ बिधुत प्राधिकरण लाइ सोध्नु भने तेसपछि म बाइक त्यहाँ छोडेर हातार हातर यौटा बाइक रोकेर अस्पताल पुगे र रक्तदान गरेर बिरामि को स्वास्थ लाभ को कामना गरेर फर्किएँ । फर्किदै गर्दा म निकै भाबुक भएँ कता कता देश को हालत देखेर सारै रुन मन लागो । यति राम्रो फुलबारी जस्तो मेरो देश मा राक्षस हरुले सासन गरि राखेका छन् । याद गर भ्रष्टाचारी का नाइके हो तिमि हरुले गर्दा नेपाल आमा रोइराखेकि छिन् । नेपाल आमाको रक्षा का निम्ति हामि जस्ता लाखौ देश प्रेमि नेपाल आमा का सेना हरु तयार हुदै छौ । अब तिमि हरु को रजगज गर्ने समय करिब अन्तिम चरण मा छ ।एक दिन त तिमिहरु जनता को निसाना मा पर्छौ पर्छौ ।
जय देश
जय जनता
ज्ञानेन्द्र गौतम
ईन्द्रावती गाउपालिका
सिन्धुपाल्चोक