२ कार्तिक २०८१, शुक्रबार

एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ छ ।

काठमाडौं :एभरेस्ट वुमन्स भलिबल लिगको उपाधि कर्णालीले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराउँदै उपाधि पायो ।त्रिपुरेश्वरस्थित भलिबल कभर्ड हलमा भएको खेलमा कर्णालीले पहिलो, दोस्रो र पाँचौं सेट जित्यो । पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पारेको कर्णालीले दोस्रो सेट २५–२० ले जित्यो ।

ललितपुरले तेस्रो सेट २५–१२ र चौथो सेट २५–१८ ले जित्यो । अन्तिममा पाचौं सेट कर्णालीले १५–१३ ले जित्दै उपाधि हात पारेेकाे थियाे ।