२ कार्तिक २०८१, शुक्रबार

क्यान्सर पिडित रानाकाे उपचारका लागि सहयोग गर्न श्रीमानले गरे सबैमा अनुराेध

काठमाडौं : भेरि नगरपालिका- १ रिम्ना स्थायी घर भयका हाल बर्दिया जिल्ला गुलरिया नगरपालिका -८ सुरजपुर गाउमा अस्थायी रुपमा बस्दै आयका बिनय रानाले आफ्नी श्रीमतीलाई बचाउनका लागी सहयाेगकाे अपिल गरेका छन ।

राना कि धर्मपत्नी गिता रानाकाे  विगत आठ महिनादेखि स्तनममा क्यान्सरको समस्या देखिए पछि बाँके जिल्लाको नेपालगन्ज स्थित खजुरा अस्पतालमा  चेकअप पछि उपचार गर्न सम्भव नभय पछि, हाल भक्तपुरको क्यान्सर अस्पतालमा उपचार भईरहेकाे र अहिले रेडियो थेरापी र केमो थेरापी सुरु भयकाे उनले बताए ।

एक बर्ष सम्म सत्र वटा सुई लगाउनु पर्ने र एउटा लाई ४५ हजार पर्न जान्छ आठ लाख मात्रै यो मेडिसिनको लाग्ने भयकाे छ, श्रीमतीलाई बचाउन करिब २० देखि ३० लाख सम्मा  खर्च हुने अनुमान छ ।

बिगत लामाे समय दस बर्षिय जनयुद्धमा लागेेका राना जनकलाकारमा गित लेख्ने गित गाउने र नाच्ने गर्थे । २०६० सालमा डाेल्पाकाे माझफाल घटनामा साँस्कृतिक कार्यक्रम भईरहेकाे अवस्थामा रानाले आर्मिकाे घेरा ताेडेर बाच्न सफल भयका थिए । उक्त घटनामा सात जनाले विरगति प्राप्त गरेका थिए भने पाँच जनालाई आर्मिले गिरफ्तार गरेर १ बर्ष पछि छाेडेकाे थियाे ।

राना “भन्छन बिगतकाे घाउ अहिले बल्जियाे विभिन्न अफ्ट्यारा हरु माेल्दै आए अहिले सम्मकाे जीवन नाफामा थियाे, अहिले आयर याे प्राणघातक क्यान्सर राेगले सारै भावविह्वल बनायकाे छ” सानै उमेरमा युद्धमा लागियाे सबै परिवार पार्टीमा समाहित भयाै, पढ्न लेख्न पाएनाै,बेरोजगार भईयाे,आर्थिक अवस्था निकै कमजोर भयकाेले श्रीमतिकाे जिवनकाे जाेखिमलाई बाेध गर्नुहुने देश-बिदेशमा रहनुहुने सम्पुर्ण आफन्तहरु सबैमा सहयाेगकाे लागी सादर अनुराेध गर्दछु।

सहयाेगका लागी तल उल्लेख बैंककाे खातामा जम्मा गर्न सक्नु हुनेछ ।