५ आश्विन २०८१, शनिबार

श्रमिक कम्युनिस्ट पार्टी निकट कास्कीको मजदुर संगठनकाे भेला तथा प्रशिक्षण सम्पन्न

पाेखरा : कास्कीकाे पाेखरामा श्रमिक कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ,कास्कीको तथा प्रशिक्षण सम्पन्न भएको छ । उक्त भेलाले देविलाल परियारको नेतृत्वमा ३१ सदस्य जिल्ला संगठन  समिति गठन गरेको छ । जिल्ला समितिमा सह-संयाेजक प्रेम गिरी, सह-संयाेजक गिता सुनवार, छिरिङ तामाङ, संम्झना मिजार, विकास वाेगटी, मान व नेवार, पप्पु शाहा, मन्जु नेपाली, शिव विक, उजेलि नेपाली, सिताराम मिजार, मान बहादुर गुरुङ, दुर्गा वहादुर गुरुङ, सुजन मगर, दिल प्रसाद पाैडेल, कुमारी पुन, मैता तामाङ, गिता मगर, गाेकुल थापा, रत्ना लामा, संदिप राई, मिना घले, कुमार नेपाली, जुठे नेपाली, दिल कुमार राेक्का, दल ब मिजार, राहकुमार राम, शिबजी राम, पिङकि नेपाली, देउरुपा परिवार र रुपा थापा चयन गरेको छ भने निर्माण संयाेजक विकास वाेगटी, खानि संयाेजक छिरिङ तामाङ, पर्यटन संयाेजक प्रेम गिरी, वैदेशिक संयाेजक सम्झना मिजार क. अमृतालाई निर्वाचित गरेको छ ।

कार्यक्रमकाे प्रमुख आतिथ्यता श्रमिक कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयाेजक पुर्ण बहादुर सिंह “समरजंग”, अतिथिहरु अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका केन्द्रीय संयाेजक विनाेद थापा, मजदुर नेताहरू काली बहादुर पाण्डे, विजय पाैडेल, उप वहादुर थापा उजिर, यम बहादुर भट्टराई हुनुहुन्थ्यो , कार्यक्रम संचालन बलराम तामाङ, स्वागत मन्तव्य गिता सुनुवार, बधाई मन्तव्य विजय पाैडेल राख्नु भएको थियो प्रशिक्षण मन्तव्य पुर्ण बहादुर सिंह “समरजंग” , विनाेद थापा, काली बहादुर पाण्डे राख्नु भएको थियोे भने कार्यक्रमकाे अध्यक्षता देविलाल परियारले गर्नु भएको थियोे । उक्त कार्यक्रमबाट हाल  नेपालमा मजदुर हरुले भाेग्नु परेका समस्या हरुलाई उजागर गर्दै आगामी दिनहरुमा सम्पुर्ण श्रमजीवी मजदुरहरुलाई एकताबद्ध गर्दै अगाडि बढ्ने नव निर्वाचित अध्यक्ष देविलाल परियारले बताय।

भेलामा सहभागी हरु: