३१ भाद्र २०८१, सोमबार

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । सोमबार राति काठमाडौंबाट उडेको केहि समयपछि फ्लाइ दुबईको जहाजमा समस्या देखिएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।

उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिएका छन् ।

विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको बताईको छ ।