२९ श्रावण २०८२, बिहीबार

नेकपा बहुमतले नापी कार्यलयका प्रमुखलाई कालाे माेसाे दलेर जनकारबाही गरेकाे छ

काठमाडौं :धर्मेन्द्र बास्तोला‘कञ्चन’ नेतृत्वको नेकपा(बहुमत)ले नापि कार्यलयका प्रमुखलाई मोसो दलेको छ ।

मंगलबार चितवनको खैरहनी नगर कमिटीले नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुखलाई कार्यकक्षमै कालो मेसो दलेको पार्टी स्रोतले बताएको छ ।

भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध मोसो अभियान चलाइरहेको बहुमतले पछिल्लो समय त्यसलाई तिब्रता दिइरहेको छ ।

चितवनको खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्सालले भ्रष्टाचार गरेको र जनतालाई अनावश्यक दुःख दिने गरेकोले मोसो दलेको एक नेताले जानकारी दिए ।

लम्साल र कर्मचारीहरुले जनतालाई विभिन्न बहानामा दुःख दिने र सामान्य काममा पनि घुस माग्ने गरेको नदिए काम अट्काएर राख्ने गरेको जन गुनासो पार्टीलाई आएपछि जनकारबाही गरेको ती नेताले बताए ।
त्यसैगरी भूमाफियाहरुसँग जग्गा कित्ताकाट गरेर रकम असुलेको पनि उनिमाथि आरोप लगाएको ।