११ श्रावण २०८१, शनिबार

नेपाल पत्रकार महासंघ जाजरकोट शाखाकाे साधारण सभा

जाजरकोट । नेपाल पत्रकार महासंघ जाजरकोट शाखाकाे ११ अौं साधारणसभाकाे  उदघाटन  आज महासंघकाे  शाखा  कार्यलय भेरि नगरपालिका ३ नयाँ बस्ति संचारग्राममा संंचालन भईरहेकाे छ । सभामा पत्रकार महासंघका केन्द्रीय सदस्य भिम बहादुर सिंह , कर्णाली प्रदेश सभा  सदस्य वेदराज सिंह ,प्रमुख जिल्ला अधिकारी अन्जन न्याैपाने ,   जिल्ला समन्वय समिति जाजरकोट का प्रमुख काली बहादुर खत्रि, प्रहरी प्रमुख सन्ताेश निराैला ,शसस्त्र प्रहरी बल जाजरकोट का प्रमुख  र जाजरकोटमा क्रियाशील पार्टी का प्रमुख लगायत सराेकारवालाहरुकाे सहभागीतामा कार्यक्रम सुरु भईरहेकाे छ ।

कार्यक्रम काे अध्यक्षता पत्रकार महासंघका जिल्ला  अध्यक्ष बालकुमार शर्मा ले गर्नु भयकाे छ भने , संचालन सचिव भरत शर्माले गर्नु भयकाे छ । साधारणसभामा आगामी पाैष ८/९ सुर्खेत मा हुने केन्द्रीय साधारण सभाका लागि  महत्त्वपुर्ण निर्णय हुनुका साथै जाजरकोटमा भईरहेका विशेष  सामरिक महत्त्वका बिषयबस्तुमा छलफल हुने बताईयकाे छ ।