२३ भाद्र २०८१, आईतवार

काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशमाथि ३-१ ले विजयी भयो

११ असोज, काठमाडौं । मंगलबार काठमाडौंको दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशमाथि ३-१ ले विजयी भयो । अञ्जन विष्टले १८ औं, २७ औं र ३८ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए भने बंगलादेशले ५७ औं मिनेटमा गोल फर्कायो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र १० खेलाडीबीचको विवादका कारण पछिल्लो समय नेपाली फुटबलमा समस्या देखिएको थियो । जसका कारण नतिजा पनि राम्रो आउन सकेको थिएन । कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द र मंगलबारका गोलकर्ता अञ्जन विष्टसहितका खेलाडी कुवेतमा सञ्चालन भएको एसियन कप छनोट खेलमा नेपाली टिममा समावेश थिएनन् ।

मुख्य प्रशिक्षक अल्मुताइरी विदामा रहेका बेला अखिल नेपाल फुटबल संघले प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षक बनायो र उनकै प्रशिक्षणमा नेपालले पछिल्लो पाँच महिना तयारी गरेको थियो । त्यसपछि भएको खेलमा नेपाल विजयी हुँदा दशरथ रंगशालामा खुशियाली छाएको छ ।