२ कार्तिक २०८१, शुक्रबार

“एच.आर डि.सि.जाजरकोटकाे” १८औं साधारण सभा सम्पन्न

जाजरकोट :पहाडी क्षेत्र विकास अभियान( एच. आर.डि.सि.) जाजरकोटले आफ्नो स्थापनाको १८ औं साधारण सभा सम्पन्न गरेको छ ।

संस्था स्थापना भएको २६ वर्ष पुगे संगै साधारण सभा सम्पन्न भएको हो । यस अवधिमा संस्थाले जाजरकोट लगाएत दैलेख , सल्यान,रुकुम पश्चिम, कालिकोट लगाएतका जिल्लामा विभिन्न दातृनिकायको समन्वयका सामाजिक क्षेत्रमा काम गरिसको छ । संस्थाको सामाजिक यात्रा यहाँ सम्म आइ पुग्दा ४५ भन्दा बढी साझेदार संस्था संग सहकार्य गरिसकेको छ ।
शनिबार सम्पन्न साधारण सभामा संस्थाले वार्षिक रुपमा गरेका गतिविधिहरुको सामाजिक परिक्षण समेत गरिएको छ । विकासको मूलप्रबाहबाट बाहिर रहेका अति बिपन्न र पिछडिएका समुदायको उत्थान र उनीहरुलाई मूलप्रवाहीकरण गर्ने लक्ष्यका साथ एक नागरिक समाज संस्था पहाडी क्षेत्र विकास अभियान जाजरकोटको स्थापना भएको र दिगो विकासका लागि सहकार्य भन्ने नाराकासाथ २०५५ सालमा गैरनाफामुलक गैरराजनीतिक, गैरधार्मिक तथा गैरसरकारी संस्थाका रुपमा जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पहाडी क्षेत्र विकास अभियान विधिवत् रुपमा दर्ताको भएको थियाे । संस्थाले कर्णाली प्रदेशको विभिन्न जिल्लामा जाजरकोट सदरमुकाम खलंगामा मुख्य कार्यालय बनाइ सामाजिक गतिविधिहरु संचालन गर्दे आएको संस्थाका अध्यक्ष प्रदिप जंग शाहले बताउनु भयो ।

कार्यक्रममै नागरिक समाज संस्थाका रुपमा फरक ढंगले काम गर्ने र सुशासनको प्रत्याभुती दिलाउने अठोटका साथ संस्थाको स्थापना भएकोले संस्थाले महिला, बालबालिका,दलित, जनजाति, फरक क्षमता भएका व्यक्ति र दुर्गम क्षेत्रमा बासोबास गर्ने विपन्न सीमान्तकृत समुदायको लागि अग्रणी संस्थाका रुपमा अगाडी वढाउन आफुहरु लागि परेकाे संस्थाका कार्यकारी निर्देशक रण बहादुर कार्कीले बताउनु भएको थियो ।

समाता मुलक आत्मनिर्भर समाज संस्थाको परिकल्पना रहेकोले परिकल्पनालाई पुरा गर्न विभिन्न लक्ष्य उदेश्यहरु पुरा गराउन निरन्तर समाजमा क्रियाशिल भैरहेको संस्थाको १८ औं वार्षिक साधारण सभाले आवश्यक नितिनियम निर्माण तथा संशोधन र गत वर्षको खर्च तथा आम्दानी विवरणलाई साधारण सभाबाट अनुमोदन गरेको छ।

कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख कालि बहादुर खत्रीको प्रमुख आथित्यता तथा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीको विशेष आथित्यतामा सम्पन्न भएको थियो ।मन्तव्यका क्रममा प्र.जि.अ. अधिकारीले गैर सरकारी संस्थाको योगदान महत्वपुर्ण भएकोले अझै आफ्ना गतिविधिहरुलाई सशक्त तरिकाले अगाडि बढाउन संस्थालाई शुभकामना दिनु भएको थियो । यस्तै प्रमुख अतिथि कालिबहादुर खत्रीले विपदमा गैससको योगदान महत्वपूर्ण भएको र जाजरकोटमा पहाडी क्षेत्र विकास अभियानले पुर्याएको सहयोग अतुलनिय भएको बताउनु भयो ।
साधारण सभामा २५० भन्दा वढीको सहभागीता रहेको थियो ।

संस्थाले हाल सम्म गरेका विभिन्न क्रियाकलापहरुको सामाजिक परिक्षण समेत गरेकोले पारदर्शिताको नमुना उदाहरण प्रस्तुत गरेको शुभकामना दिने वक्ताहरुले बताएका थिए ।
संस्थाले अलिले ८५ भन्दा वढीलाई प्रत्यक्ष रोजगारीमा जोडेका छ भने अप्रत्यक्ष रुपमा करिव २५ सय नागरिकहरु रोजगारीमा जोडिएका छन् । यसले राष्ट र जिल्लालाई ठुलो योगदान पुर्याएकोले यो क्रम अझ वढ्ने गरी काम गर्न गैसस महासंघ जाजरकोटका अध्यक्ष सहदेव वस्नेतले शुभकामना मन्तब्य दिदै भन्नु भएको थियो ।
साधारण सभामा संस्थाको सागंठनिक प्रतिवेदन महासचिव  राजुकुमार के सीले, आर्थिक प्रतिवेदन कोषाध्यष दिपनारायण कार्कीले र लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक बालकुमार शर्माले प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदनमा छलफल पछि केहि सुझाव सल्लाहलाई समावेश गर्दे सर्वसहमतीले अनुमोदन भएको थियो । गत आर्थिक वर्षको आम्दानी र खर्च सामाजिक लेखा परिक्षणमा प्रस्तुत गरिएको थियो भने विभिन्न फिलिप चार्टको माध्यामबाट कार्यक्रम स्थलमा सार्वजनिक गरिएका विभिन्न तथ्याकले पारदर्शिताको उदाहरण प्रस्तुत गरेको थियो ।
साधारण सभाको अवशरमा संस्थाले आफ्नो विभिन्न कार्यक्रम तथा संस्थाको योगदानमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै ४ जना कर्मचारीलाई सम्मान समेत गरेको छ । सम्मानित हुने हरुमा झलक मल्ल लेखा तथा प्रशासन अधिकृत , लोक बहादुर बोहरा फिल्ड कार्यक्रम संयोजक , पवित्रा थापा प्रशासन तथा लेखा अधिकृत यस्तै एकिकृत पुनर्लाभ कार्यक्रमका कार्यक्रम संयोजक रत्न डाँगीलाई संस्थाले महत्वपूर्ण योगदान पुर्याँएको भन्दै सम्मान समेत गरेको संस्थाका कार्यकारी निर्देशक रण बहादुर कार्कीले जानकारी दिनु भयो । संस्थाले आगामी दिनहरुमा पनि सामाजिक सेवा लगायतका बिभिन्न कामहरूमा निरन्तर लागिरहने निर्देशक कार्कीले बताउनु भयाे । साधारण सभा कार्यक्रममा जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाका बिभिन्न ब्यक्तिहरुकाे उपस्थिति रहेकाे थियाे ।