२९ फाल्गुन २०८१, बिहीबार

जाजरकोट रिम्नामा रहने भयाे भुकम्पीय पुनर्निर्माण ईकाइ कार्यलय, गृहमन्त्री लेखकद्वारा उद्घाटन

जाजरकोट : जाजरकोट जिल्लाको रिम्नामा भूकम्पीय पुनर्निर्माण  तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई” कार्यालय रहने भयकाे छ।आज गृहमन्त्री रमेश लेखकले जाजरकोटमा पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्नुभएको थियाे ।उद्घाटन समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाह र पुर्व प्रदेश मन्त्री तथा जाजरकोट क्षेत्र क संसद वेदराज सिंहकाे विशेष उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको हाे।जाजरकोट र रुकुम पश्चिमका जनप्रतिनिधिहरू, प्रशासनिक अधिकारी, सुरक्षाकर्मी, समाजसेवी तथा नागरिकहरूको उपस्थिति थियो । उक्त कार्यलय जाजरकोट रुकुम र सल्यान जिल्लाका लागि विशेष सेवाका लागी रहने बताएको छ ।

“भूकम्पीय पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई” कार्यालयको उद्घाटन गर्दै गृहमन्त्री लेखकले ´विपत् व्यवस्थापन मानव जीवनसँग प्रत्यक्ष जोडिने विषय भएकाले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।`

“गृहमन्त्री रमेश लेखकले विपत् जुनसुकै बेला पनि आउने भएकाले त्यसको प्रभावलाई न्यूनीकरण गर्न तथा प्रभावकारी व्यवस्थापन गर्न स्थानीय तहलाई विशेष ध्यान दिन आग्रह गर्नुभएको छ।”

“सडकको विकास, बाँध निर्माण, तथा घर-घरमा बिजुली पुर्‍याउने काम विकासका महत्वपूर्ण पाटो हुन्। तर, विपत् व्यवस्थापन झनै ठूलो मानवीय विषय हो। स्थानीय तहहरूले यसका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्छ,” गृहमन्त्री लेखकले भन्नुभयो।

उहाँले सरकारले विपत् व्यवस्थापन र पुनर्निर्माणका लागि गम्भीर रूपमा लागिरहेको उल्लेख गर्दै भने,“सीमित स्रोतसाधनका कारण केही कमजोरी भए पनि भूकम्पबाट क्षति भएका आवास पुनर्निर्माण गर्न तथा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेकाे बताउनु भयाे ।

अब पुनर्निर्माणको कामले गति लिने र सरकारले पुनर्निर्माणका लागि आवश्यक बजेट, जनशक्ति तथा आवश्यक स्रोतसाधन परिचालन गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीयबासीले पनि नयाँ कार्यालय स्थापना भएसँगै पुनर्निर्माण कार्य अझ सहज हुने अपेक्षा गरेका छन् ।