जाजरकोट :नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को सचिवालय सदस्यमा जाजरकोटका जीवन तिरुवाले उम्मेदवारी दिएका छन्।तिरुवाले खुला तर्फ सचिवालय सदस्यका लागि उम्मेदवारी दिने बताएका हुन। उनका अनुसार यसपटक कर्णाली क्षेत्रबाट पाँच जना सचिवालय सदस्य रहने व्यवस्था छ।
विद्यार्थी राजनीति यात्राको शुरुवात:
तिरुवा ९कक्षा पढ्दै गर्दा नै विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए। हाल उनी काठमाडौंस्थित बौद्ध बहुमुखी क्याम्पसको स्ववियु सभापति छन्। उनी २०६८सालदेखि निरन्तर अखिल क्रान्तिकारीमा सक्रिय रूपमा कार्यरत छन्।
संगठनमा भूमिका र योगदान:
संगठनमा उनले विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन्। तिरुवाले कमिटीमा काम गरेका सहकर्मीहरू जिल्ला अध्यक्षसम्म भएका उदाहरण प्रस्तुत गर्दै आफूले इमानदारिता, धैर्यता, र लगनशीलतासँग राजनीति गरेको बताएका छन्।
उम्मेदवारीको अपेक्षा:
तिरुवा आफ्नो संगठनप्रतिको योगदान, भूमिका, र क्षमताका आधारमा प्रतिनिधिहरूले आफूलाई सचिवालय सदस्यमा निर्वाचित गर्नेमा विश्वस्त छन्।
उद्देश्य र आगामी योजना:
उनले विद्यार्थीहरूको हकहितको रक्षा, व्यक्तित्व विकास, शैक्षिक सुधार, र शिक्षा क्षेत्रमा देखिएका विभिन्न विसंगतिहरूको अन्त्यलाई आफ्नो प्रमुख उद्देश्य भनेका छन्। आगामी दिनमा पनि कुशलतापूर्वक दत्तचित्त भएर संगठनको काममा खट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उमेर हदको प्रावधान:
तिरुवाले यसपटकदेखि अखिल क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लागू हुन लागेको जानकारीसमेत गराएका छन्।