२० मंसिर २०८२, शनिबार

Tag: नेकपा (बहुमत)

जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा – उदय बहादुर चलाउने “दिपक”

जेनजी बिद्रोह र सुशासनको मृगतृष्णा – उदय बहादुर चलाउने “दिपक”

राजनीति, विचार, विज्ञान प्रबिधि, शिक्षा
प्रारम्भ ✍️ ✍️"जेन–जेड’ नवयुवाहरुको आह्वानमा भएको गत भदौं २३ गतेको जनबिद्रोह र २४ गतेको जनप्रतिरोधले नेपालको दलाल पुँजीवादी सत्तालाई केहि घण्टा यसरी थर्थरी काँप्ने बनायो कि सुशासन सम्बन्धि नेपाली जनताको बर्षौको सपना पुरा हुने आम अपेक्षा सडकमा आल्हादित भएर पोखियो । चर्चा थियो– अब भ्रष्टाचारीहरुका दिन गए, एक–एक गरेर भ्रष्टाचारीहरुलाई जेलमा कोच्नुपर्छ, नेताहरुका घर त जले कर्मचारी र बिचौलियाहरु बाँकि नै रहे, पटक–पटक सत्तामा पुगेर लुटपाट गरेका फलाना अमुक पार्टीहरुलाई त प्रतिबन्ध नै लाउनु पर्छ आदि, इत्यादि आक्रोसले सडक आगो भईरहेको थियो । ठुला भनिएका कैयौं नेताहरुको घरमा जब पैशाका बिटाहरु जलेर खरानी भए, हावामा पैशा उडाईए, घर ध्वस्त पारीए संभवतः हरेक पार्टीमा अलिकति स्वाभिमानकासाथ बाँचेका, पार्टीमा आर्थिक पारदर्शिताका वारे निरन्तर लडेर हैरान भएका, आफुले भ्रष्टाचार ग...
नेकपा बहुमतले नापी कार्यलयका प्रमुखलाई कालाे माेसाे दलेर जनकारबाही गरेकाे छ

नेकपा बहुमतले नापी कार्यलयका प्रमुखलाई कालाे माेसाे दलेर जनकारबाही गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं :धर्मेन्द्र बास्तोला‘कञ्चन’ नेतृत्वको नेकपा(बहुमत)ले नापि कार्यलयका प्रमुखलाई मोसो दलेको छ । मंगलबार चितवनको खैरहनी नगर कमिटीले नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुखलाई कार्यकक्षमै कालो मेसो दलेको पार्टी स्रोतले बताएको छ । भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध मोसो अभियान चलाइरहेको बहुमतले पछिल्लो समय त्यसलाई तिब्रता दिइरहेको छ । चितवनको खैरहनी नगरपालिकाभित्र रहेको नापी कार्यालयका प्रमुख शालिकराम लम्सालले भ्रष्टाचार गरेको र जनतालाई अनावश्यक दुःख दिने गरेकोले मोसो दलेको एक नेताले जानकारी दिए । लम्साल र कर्मचारीहरुले जनतालाई विभिन्न बहानामा दुःख दिने र सामान्य काममा पनि घुस माग्ने गरेको नदिए काम अट्काएर राख्ने गरेको जन गुनासो पार्टीलाई आएपछि जनकारबाही गरेको ती नेताले बताए । त्यसैगरी भूमाफियाहरुसँग जग्गा कित्ताकाट गरेर रकम असुलेको पनि उनिमाथि आरोप लगाएको ।...
नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले देशव्यापी शैक्षिक हडताल, शैक्षिक संस्था बन्द

नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले देशव्यापी शैक्षिक हडताल, शैक्षिक संस्था बन्द

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं :नेकपा बहुमत निकट अखिल क्रान्तिकारीको देशव्यापी शैक्षिक हडतालका कारण शुक्रबार शैक्षिक संस्था बन्द भएका छन्। काठमाडौं उपत्यकाका विद्यालयले विशेष कारण भन्दै विद्यालयमा बिदा दिएका छन् भने काठमाडौँ बाहिरका विद्यालयहरु पनि ठप्प छन्। काठमाडौंका कतिपय निजी विद्यालयहरु विहीबार बेलुका अभिभावकहरुलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सन्चालन गरिरहेकाले विद्यालय खुला राखेका छन् । बहुमत निकट अखिल क्रान्तिकारीले निःशुल्क शिक्षा सम्बन्धि हकको कार्यान्वय गर्न, जनपक्षीय शिक्षा ऐन जारी गराउन, शिक्षामा पैसा हुने र नहुनेका बीचको विभेद अन्त्य गर्न, स्वदेशमै अध्ययन र रोजगारीको वातावरण निर्माण गर्न, विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा कायम गर्न, शिक्षक तथा विद्यालय कर्मचारीहरूका समस्याहरू समाधान गर्न, शिक्षामा दलालीकरण र माफियाकरणको अन्त्य गर...
नेकपा बहुमत निकट बिद्यार्थी संगठनद्वारा प्रधानमन्त्री र शिक्षा मन्त्रीको पुत्लादहन

नेकपा बहुमत निकट बिद्यार्थी संगठनद्वारा प्रधानमन्त्री र शिक्षा मन्त्रीको पुत्लादहन

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं: नेकपा बहुमत निकट अनेरास्ववियू (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गराउन दबाबस्वरुप चरणवद्ध आन्दोलन गर्ने क्रममा मशाल जुलुश गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्रीरघुजी पन्तको पुत्लादहन गरेको छ।आज राजधानी काठमाडौंकाे सिंहदरबार अगाडि उक्त संगठनका   विद्यार्थीहरुले काठमाडौँको डिल्लिबजारबाट सिंहदरबारतर्फको सडक खण्डमा मशाल जुलुश सहित पुत्लादहन गरेका हुन्। उक्त संगठनले साउन २ गते देशव्यापी शैक्षिक हड्ताल गर्ने समेत जानकारी दिएको छ। । अखिल (क्रान्तिकारी) का अध्यक्ष बिरेन्द्र शाहका अनुसार संविधानको धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भइरहेको, शिक्षालाई निजीकरण तथा व्यापारीकरणतर्फ लैजान खोजिएको साथै शैक्षिक माफिया तथा दलालहरूको संरक्षण भइरहेकोले आन्दोलन गरेको जानकारी फिए। संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्ध...
नेकपा बहुमत निकट बिद्यार्थी संगठनका उपाध्यक्ष  रुपा बुढा लगायत १० जनालाई प्रहरीले गिरफ्तार गरेकाे छ

नेकपा बहुमत निकट बिद्यार्थी संगठनका उपाध्यक्ष रुपा बुढा लगायत १० जनालाई प्रहरीले गिरफ्तार गरेकाे छ

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौ :शिक्षामा निजीकरण र व्यापारिककरणको विरोध गर्दै काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका अखिल (क्रान्तिकारी) का उपाध्यक्ष रुपा बुढामगरसहित १० जना विद्यार्थी नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट रहेको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गर्न माग राख्दै सोमबार देशभर विद्यार्थी प्रदर्शन आह्वान गरेको थियो। सोही क्रममा माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै नेताहरूलाई पक्राउ गरेको हो । गिरफ्तारमा पर्ने नेताहरूमा उपाध्यक्ष बुढामगर सहित सचिवालय सदस्य लक्ष्मी शाह, सर्जन पाण्डे, आयुष घिमिरे, केन्द्रीय सदस्य बज्जिर सिंह नेपाली, सक्षम विश्वकर्मा, सुप्रिया नेपाली, समीर विक, सन्जु राई, र कम्युनिस्ट युवा संगठन नेपालका सचिवालय सदस्य पदम हमाल रहेका छन् । प्रहरीको यो हस्तक्षेपप्रति संगठनले कडा आपत्ति ...
न्यायाधीशलाई मोसो दलेकाे आराेपमा पक्राउ परेका नेकपा (बहुमत) का नेताहरूलाई पार्टीद्वारा सम्मान तथा अभिनन्दन

न्यायाधीशलाई मोसो दलेकाे आराेपमा पक्राउ परेका नेकपा (बहुमत) का नेताहरूलाई पार्टीद्वारा सम्मान तथा अभिनन्दन

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं :अफताव आलमलाई उन्मुक्ति दिएको भन्दै न्यायाधीशहरुलाई मोसो दल्ने नेकपा (बहुमत) का नेताहरूलाई पार्टीले सम्मान तथा अभिनन्दन गरेको छ । शनिबार राजधानीको संवाद डबलीमा पार्टीको ३ नम्बर ब्यूरो(बागमती प्रदेश)ले पत्रकार सम्मेलन गरी स्वागत तथा अभिनन्दन गरेको हो । पार्टीका स्थायी समिति सदस्य उदयबहादुर चलाउने ‘दीपक’ ले गरिब तथा निमुखा जनताको न्यायको लागि जोखिम उठाएर हिम्मत गरेका नेताहरूलाई बधाई तथा धन्यवाद दिए । चलाउनेले पछिल्लो समयमा राज्यका तीनवोटै अङ्गहरूमा भ्रष्टाचार चरमचुलीमा पुगेको बेला आफ्नो पार्टीले त्यस विरुद्ध नयाँ अभियान चलाएको पनि बताए । कालोमोसो टोलीका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य अभिनाश कुँवरले २४ दिने प्रहरी हिरासत र ४ दिने कारागार बसाइँले धेरै कुरा सिकाएको बताए । उनले भने,‘हाम्रो बन्द पर्खालको बसाई उत्साहप्रद रह्यो, जनताको लागि मोसो मात्रै हैन अपराधीहरूलाई त्यो भन्दा...
नेकपा बहुमतले एक न्यायाधीशलाई कालाे माेसाे छर्केर कार्वाही गरेकाे छ

नेकपा बहुमतले एक न्यायाधीशलाई कालाे माेसाे छर्केर कार्वाही गरेकाे छ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं : इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोपमा कैद भुक्तान गरिरहेका नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीराम थारुलाई नेकपा बहुमतले कालाे माेसाे छर्केर कार्वाही गरेकाे छ ।बिहीबार न्यायाधीश थारुको अदालतभित्र चेम्बरमा बहुमतले थारुलाई कालाे माेसाे दलेर जनकारवाही गरेको जनाएको छ । जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो । न्यायाधिीशद्व खुसीप्रसाद थारु र अर्जुन महर्जनले हत्या आरोपी कांग्रेस नेता मोहमद अफताव आलमलाई सफाई दिने फैसला गरेका थिए । जेठ १४ मा भएको सो फैसलाबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन् । न्यायाधिशद्वयले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएका थिए । ...
जाजरकोटमा नेकपा बहुमतद्वारा भ्रष्टाचार र बेथिति विरुद्धको अभियान तिब्र

जाजरकोटमा नेकपा बहुमतद्वारा भ्रष्टाचार र बेथिति विरुद्धको अभियान तिब्र

Breaking News, राजनीति, राष्ट्रिय, विचार, समाचार
जाजरकोट :नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले देशव्यापी रूपमा सञ्चालन गरिरहेको "भ्रष्ट दलाल पुँजीवादी व्यवस्था विरुद्ध जनसंघर्ष अभियान" जाजरकोटमा पनि तीव्र गतिमा अगाडि बढाइएको छ । पार्टीका इन्चार्ज महेशको नेतृत्वमा सातवटै स्थानीय तह र सबै वडामा पुगेर जनसंगठित कार्यक्रमहरू सञ्चालन भइरहेको हाे। भेरी नगरपालिकाबाट बैशाख ८ गते सुरू गरिएको अभियान नलगाड, बारेकोट, कुशे, जुनीचाँदे, छेडागाड हुँदै शिवालयसम्म विस्तार गरिएको थियाे। अभियानमा जनतासँग प्रत्यक्ष संवाद, गुनासो संकलन र समस्या पहिचानका कार्यहरू भइरहेको पार्टी का जिल्ला सेक्रेटरी हिमालले बताय। अभियानको क्रममा स्थानीय तहका कतिपय विकास योजनामा देखिएको गुणस्तरहीनता र आर्थिक चलखेलसम्बन्धी प्रमाणहरू संकलन गरिएको पार्टीको दाबी छ। सडक, ट्रस्ट पुल, विद्युत् विस्तार, विद्यालय भवन निर्माणलगायत योजनाहरूमा प्राविधिक र ठेकेदारबीच मिलेमतो भएको गुनासो...
माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थी नेताहरु पहिलाे पटक एकै मन्चमा- “फाेटाेफिचर”

माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थी नेताहरु पहिलाे पटक एकै मन्चमा- “फाेटाेफिचर”

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं : माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थीहरु पहिलाे पटक एकै मन्चमा देखापरे । अखिल क्रान्तिकारीले ६१ ओै बिद्यार्थी दिवसका अवसरमा सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उक्त सन्जाेग मिलायकाे हाे । धर्मेन्द्र बास्तोला नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारी केन्द्रीय समितिले पुर्व बिद्यार्थी नेताहरुलाई सम्मान सहित शुभकामना आदानप्रदान कार्यक्रमकाे आयाेजना  गरेकाे थियाे । काठमाडौकाे कमलादीस्थित पारीजात स्मृति भवनमा आज संगठनका केन्द्रीय अध्यक्ष बिरेन्द्र शाहकाे अध्यक्षता र  पार्टीका  महासचिव धर्मेन्द्र बास्तोलाकाे प्रमुख आथित्यतामा उक्त कार्यक्रम सम्पन्न गरेकाे हाे। कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्यहरु उदय बहादुर चलाउने "दिपक" गुणराज लाेहनी लगायत केन्द्रीय नेताहरुकाे उपस्थिति रहेकाे थियाे । माओवादी पृष्ठभूमिका पुर्व बिद्यार्थीका अध्यक्...
बिद्यार्थी दिवसका दिन,अखिल क्रान्तिकारीले पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने

बिद्यार्थी दिवसका दिन,अखिल क्रान्तिकारीले पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने

Breaking News, राजनीति, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौं :अखिल क्रान्तिकारीले पुर्व अध्यक्षहरुलाई सम्मान गर्ने । नेकपा बहुमत निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी), केन्द्रीय समितिले २०८२ जेठ १ गते, बिहिवार, प्रज्ञा प्रतिष्ठान, कमलादीस्थित लेखनाथ सभाकक्षमा ६१औं विद्यार्थी एकता दिवसको अवसरमा एक विशेष सम्मान कार्यक्रम आयोजना गर्न लागेको हाे। उक्त कार्यक्रममा क्रान्तिकारी विद्यार्थी आन्दोलनका इतिहासकारहरू र संघर्षका अगुवा नेताहरूलाई एकै मञ्चमा प्रस्तुत गर्ने संगठनका केन्द्रीय सचिव डिबि शाहिले बताय। कार्यक्रमको दौरान नेपाली विद्यार्थी आन्दोलनका चर्चित अगुवा नेता र इतिहासकारहरू, जसमा लेखनाथ न्यौपाने, सरद रसाइली, हिमाल शर्मा, पुर्णबहादुर सिंह,दिपेन्द्र चलाउने, चिरन्जीवी ढकाल, प्रकाश शाही, मिलन राई र राम बहादुर तिरुवा लगायतका नेताहरूलाई सम्मान पत्र वितरण गरिने छ। यी नेताहरूले आन्दोलनका ऐतिहासिक घटनाहरू र संघर्षका प्रमुख मोडहरूको बा...