भुकम्प पिडितका अस्थायी टेन्टमै पुगेर उपचार गर्दै :स्वास्थ्य जनस्वयंसेवक
जाजरकोट : जाजरकोटमा गएको भुकम्पबाट प्रभावित पिडितहरुका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले संचालन गरेको भुकम्प पिडितहरुका लागि शुरु गरेको जनसेवा अभियानका जनस्वयंसेवकहरुले जनस्वास्थ्य सेवा शिविर भुकम्प पिडितहरुका टेन्ट मै पुगेर उपचार गरेका छन् ।कुशे गाँउपालिकाका वडा नम्बर १ स्याँक्रिमा जनस्वयंसेवक अन्तर्गत अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन,नेपालका स्वास्थ्य टाेलिहरु उक्त प्रभावित क्षेत्र पुगेर भुकम्पबाट विस्थापित पिडितका अस्थायी टहराहरुमा पुगेर जनस्वास्थ्य सेवा शिविर संचालन गरेका हुन् ।
जन स्वयंसेवकका २ नम्बर टाेलि कमान्डर अनन्तकाे नेतृत्वमा HA डाक्टर संन्जय लावड,जनसंचारका दिग्दर्शन,जनस्वयंसेवकका जनसेवकहरु र स्थानीय जनस्वयंसेवकहरु लगायतको उपस्थितिमा उपचार गरिएको हाे ।
भुकम्पमा परि घाइते भएका र भुकम्पबाट विस्थापित पिडितहरु अस्थायी टेन्टबाट बस्नुपर्ने बाध्यताले माैसमि चिसोले गर्...