
साथीहरू, साहस गरौँ ! बल गरौँ !!
कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन यही असोज २५ देखि ३१ गतेसम्म हुने जानकारी सामाजिक सञ्जालबाट भयो । यो महाधिवेशनले नेपाली क्रान्तिको सही कार्यदिशा निर्माण गरोस्, त्यसका लागि महाधिवेशनमा व्यापक छलफल होस् भन्ने शुभेच्छा सुरुमा नै व्यक्त गर्न चाहन्छु । कमरेड विप्लवद्वारा नवौँ महाधिवेशनमा पेस गरिने प्रतिवेदन पढ्न पाएँ । विगतमा सँगै हुँदा भएका वैचारिक बहसहरू र अहिले प्रतिवेदनमा समावेश गरिएका वैचारिक/राजनीतिक, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका बारेमा बहस गर्न जरुरी ठानेको छु । तर मलाई के अप्ठ्यारो भएको छ भने यी बहसहरूको उठान मार्क्सवादका आधारमा गरौँ कि सामान्य पुँजीवादी अवधारणाका आधारमा ? कमरेडहरूलाई अचम्म लाग्ला एउटा खाँटी क्रान्तिकारी भनिएको र मार्क्सवाद—लेनिनवाद—माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने पार्टीको प्रतिवेदनमाथिको बहस किन गैरमार्क्सवादी...